Advertisement

कार्यालयको क्षमता वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन

0 58

Advertisement

२० साउन, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय मातहतका निकायका प्रमुखहरूलाई आ-आफ्ना कार्यालयको क्षमता वृद्धि गरेर बजेटको लक्ष्य पूरा गर्न निर्देशन दिएका छन्।

आर्थिक वर्ष २०७८-७९ को प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै शर्माले वार्षिक लक्ष्य पुगेका निकायले अझै आजको आवश्यकता अनुसार आफूलाई थप क्षमतावान बनाउनु पर्ने र लक्ष्य नपुगेका कार्यालयले आफ्ना लक्ष्य पुर्‍याउन योग्य बनाउनु पर्ने बताए ।

अहिलेको काम गर्ने मुख्य औजार सफ्टवेयर भएकाले उनले कार्यालयहरूलाई अहिलेको आवश्यकता अनुसार झन्झटिलो कागजी प्रक्रियाहरूबाट मुक्त गर्दै आधुनिक सूचना प्रविधिमा विकास गर्न पनि निर्देशन दिए।

उनले अन्य मन्त्रालय र निकायलाई बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सहजकर्ताको भूमिका निर्वाह गर्नु पर्ने भन्दै कुनै पनि मन्त्रालय र निकायका कामलाई अर्थ मन्त्रालयले रोक्न नहुने बताए ।

साना किसान विकास बैङ्कले काठमाडौं उपत्यकाको तरकारीको खपतको आवश्यकता पूरा गर्ने गरी उत्पादन बढाउन किसानको खेत खेतमा पुग्न पनि शर्माले निर्देशन दिए। कृषि विकास बैङ्कले गाउँका किसानलाई कर्जा दिन निर्देशन दिँदै गाउँका किसानले भाका नसार्ने भएकाले त्यसो गर्न उनले निर्देशन दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.