Advertisement

प्रचण्ड–देउवा छलफलमा के भयो ?

0 769

Advertisement

व्यक्तिकै नाममा छानबिन हुनुपर्ने कांग्रेसको अडान यथावत्

१३ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता सकिएको छ । भेटवार्तापछि कांग्रेस सहमहामन्त्री जीवन परियारले कुरा जहाँको त्यही रहेको संकेत गरे ।

आज एमाले, कांग्रेस र माओवादीका तीन शीर्ष नेता बालुवाटारमा बिहान ९ बजे भेट्ने तय भएको थियो । तर, स्वास्थ्यको कारण देखाएर देउवाले असमर्थता व्यक्त गरे । उनले बरु आफ्नै निवासमा भेट्न बोलाएका थिए । उनको आग्रहमा प्रचण्ड बुढानिलकण्ठ गएका हुन् । ओली भने गएनन् ।

सुरुमा प्रचण्ड र देउवाको वान टु वान कुराकानी भएको थियो । त्यसपछि कांग्रेसका केही नेताहरु मिसिएका थिए । प्रचण्ड–देउवा भेट सहकारी छानविनको विषयमा नै केन्द्रीत भए पनि निस्कर्षमा नपुगेको परियारले जानकारी दिए ।

भेटपछि पत्रकारसँग कुरा गर्द उनले भने, ‘प्रधानमन्त्री अत्यन्तै गम्भीर देखिनुभएको छ । भरे साँझ वा भोलिसम्ममा सहमति निकालौं भन्ने उहाँको आग्रह थियो । तर, विषयवस्तुमा कुरा मिलेको छैन ।

सत्ता पक्षले चलाखी गरेर गृहमन्त्रीलाई उन्मुक्ति दिन खोजिरहेको परियारले आरोप लगाए ।

उनले थपे, ‘हामीले रविको नाम नराख्दै गर्दा कस्तो प्रस्ताव आउँछ त सत्तापक्षबाट भनेर पर्खिरहेको अवस्था हो । तर उहाँहरु ठीक ठाउँमा हुनुहुन्न । छानविन गर्ने ठाउँमा नै आइपुग्नुभएको छैन । थप छलफल गरेर अगाडि बढ्ने कुरा भएको छ ।’

परियारका अनुसार प्रधानमन्त्री प्रचण्डले गोर्खा मिडिया नेटवर्कको अध्ययन गर्ने भइसकेपछि रविको नाम नलेख्दा पनि हुँदैन भनेर देउवासँग प्रस्ताव गरेका थिए । तर, आफूहरु यसमा तयार नरहेको उनले बताए ।

संस्थाकै नाम किटानी भइसकेपछि त्यसमार्फत व्यक्तिसम्म पुग्न सकिँदैन र रु भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘उहाँहरु यति चलाखिपूर्ण ढंगले कम्पनीले पैसा लिँदा कम्पनी मात्रै जवाफ देही हुने हो, सञ्चालक मात्रै जवाफदेही हुन्छ भन्ने कुरा गर्नुभएको छ । तर यसबाट समाधान निस्किदैन र उहाँहरु उम्किने बाटोतिर जानुभएको छ भन्ने हाम्रो भनाइ हो ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.