Advertisement

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी

0 7

Advertisement

१३ जेठ,काठमाडाैँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । कांग्रेसको अवरोधले निरन्तर विथोलिएको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने लगायत १४ वटा सम्भावित कार्यसूची रहेको छ ।

आजकाे बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी छ । आज नै छलफल थालनी गरेर उठेको प्रश्नमा जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै छानबिन समिति बनाउन माग गर्दै सदन अवरोध गर्दै आएको छ ।

समिति बनाउने विषयमा दुवै पक्ष तयार भए पनि कार्यादेश टुंगिन सकेको छैन । शुक्रबार पनि सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी थियो । तर, कांग्रेससँगको वार्ता सकारात्मक नभएपछि आजसम्मलाई सारिएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.