Advertisement

फाइनलमा पहिलो पटक भिड्दै कोलकाता र हैदराबाद, कसको पल्ला भारी ?

0 17

Advertisement

१३ जेठ,चेन्नई। ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनल खेल आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबिच हुँदैछ । खेल चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक)मा साँझ ७:४५ बजे सुरु हुनेछ ।


यी दुई टोलीबिच यस सिजनको क्वालिफायर–१ पनि भिडन्त भएको थियो, जसमा कोलकाता ८ विकेटले विजयी भएको थियो । फाइनलमा भने कोलकाता र हैदराबाद पहिलो पटक भिड्न लागेका हुन् ।कोलकाता चौथो पटक र हैदराबाद तेस्रो पटक फाइनल खेल्न लागेको छ । कोलकाताले दुई वर्षपछि र हैदराबादले पाँच वर्षपछि फाइनल खेल्नेछन्।


कोलकाताको २ उपाधि
कोलकाताले दुई पटक आईपीएलको उपाधि जितेको छ । यस सिजन लिग चरणमा कोलकाताले १४ मध्ये ९ खेलमा जित हात पारेको थियो भने ३ खेलमा मात्रै हार बेहोरेको थियो । टोली २० अङ्कसहित नम्बर १ बनेर प्लेअफमा पुग्न सफल भयो । यससँगै पहिलो क्वालिफायरमा कोलकाताले हैदराबादलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

२०१६ को च्याम्पियन हैदराबाद
डेभिड वार्नरको कप्तानीमा हैदराबादले २०१६ मा आईपीएलको उपाधि जितेको थियो। गत सिजन हैदराबाद १० नम्बरमा सीमित बनेको थियो । तर यो सिजन उनले उत्कृष्ट पुनरागमन गर्दै उपाधि जित्ने नजिक पुगेको छ । यो सिजन हैदराबादले ८ खेल जितेको छ भने ५ खेलमा हार बेहोरेको छ । एक खेल वर्षाका कारण रद्द भएको थियो । हैदराबाद १७ अङ्कसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो ।

कोलकाता हेड टु हेडमा अगाडि
अहिलेसम्म दुई टोलीबिच जम्मा २७ खेल भइसकेका छन् । जसमध्ये कोलकाताले १८ खेल जितेको छ भने हैदराबादले ९ खेल मात्र जितेको छ ।

यस सिजनमा दुई टोलीबिच दुई खेल भएका थिए जसमा दुवै खेल कोलकाताले जितेको थियो । लिग चरणमा कोलकाताले कोलकाताको इडेन गार्डेनमा मात्र ४ रनको अन्तरले जित हात पारेको थियो । दोस्रो क्वालिफायर–१ खेलिएको थियो, उक्त खेलमा कोलकाता ८ विकेटले विजयी भएको थियो ।

नरेनको अलराउन्ड प्रदर्शन
कोलकाताका लागि ओपनिङ गर्दा सुनिल नरेन र फिल साल्टले उत्कृष्ट प्रदर्शन गरेका छन् । दुवैले पावरप्लेमा टोलीलाई बलियो बनाएका थिए । मिडल अर्डरमा श्रेयस अय्यरले ठुला इनिङ्स नखेले पनि नन-स्ट्राइकमा राम्रो साथ दिएका छन् ।

फिनिशरमध्ये आक्रामक आन्द्रे रसेलले यो सिजन डेथ ओभरमा ठुला सट प्रहार गर्ने जिम्मेवारी लिएका छन् । वरुण चक्रवर्तीले बलिङमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले १४ खेलमा २० विकेट हात पारेका छन् ।

यता हर्षित राणाले ११ खेलमा १६ विकेट लिएका छन् । सुनिल नरेनले पनि ४८२ रन बनाएर १६ विकेट लिएका छन् ।

हेडको विस्फोटक ब्याटिङ
हैदराबादका लागि ट्राभिस हेड र अभिषेक शर्माको ओपनिङ जोडीले २ सयभन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका छन् । दुवैले आक्रामक पारी खेलेका छन् ।

मध्यक्रममा हेनरिक क्लासेनले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । बलिङमा टी नटराजनले १३ खेलमा १९ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका छन् । उनलाई कप्तान प्याट कमिन्सले १७ र भुवनेश्वर कुमारले ११ विकेट लिँदै साथ दिएका छन् ।

पिच रिपोर्ट
एमए चिदम्बरम स्टेडियमको पिच स्पिनरहरूका लागि उपयोगी साबित भएको छ। अहिलेसम्म यहाँ ८९ आईपीएल खेल खेलिएका छन् । ४९ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेका छन् भने ३५ खेल पछ्याउने टोलीले जितेका छन् । यहाँ उच्चतम टोली स्कोर २४६/५ हो, जुन घरेलु टोली चेन्नई सुपर किंग्सले २०१० मा राजस्थान रोयल्स विरुद्ध बनाएको थियो।

मौसम अवस्था:
आइतबार चेन्नईमा धेरै तातो हुनेछ। वर्षाको सम्भावना ४ प्रतिशत छ । तापक्रम ३१ देखि ३८ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ ।

सम्भावित टोली
कोलकाता नाइट राइडर्स: श्रेयस अय्यर (कप्तान), रहमानउल्लाह गुरबाज (विकेटकिपर), रिंकु सिंह, रमनदीप सिंह, भेंकटेश अय्यर, सुनिल नारायण, आन्द्रे रसेल, हर्षित राणा, वैभव अरोरा, मिचेल स्टार्क र वरुण चक्रवर्ती।

इम्प्याक्ट प्लेयर: अंगकृष रघुवंशी

सनराइजर्स हैदराबाद: प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, राहुल त्रिपाठी, हेनरिक क्लासेन (विकेटकिपर), अब्दुल समद, एडेन मार्कराम, अभिषेक शर्मा, नितिश रेड्डी, भुवनेश्वर कुमार, टी नटराजन र मयंक मार्कंडे।

एजेन्सी



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.