Advertisement

सडक विभागको गेटमा काठमाण्डौ महानगरले एक ट्रक धुलो खन्याइदियो

0 12

Advertisement

१२ जेठ, काठानडाैँ । काठमाण्डौ महानगरले सडक विभागअन्तर्गतको सडक सुपेरीवेक्षण तथा अनुगमन कार्यालय काठमाण्डौको गेटमा एक ट्रक धुलो खनाइदिएको छ । १५ वर्षदेखि कलङ्कीबाट महाराजगञ्जको सडक अलपत्र पारेको भन्दै एक ट्रक धुलो खन्याइदिएको मेयर बालेन्द्र शाहले बताउनुभएको छ ।

उहाँले काम अघि नबढाएसम्म हरेक दिन एक ट्रक धुलो विभागको कार्यालयमा खन्याइदिने र उपहारको रुपमा यसलाई स्वीकार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई आग्रह पनि गर्नुभएको छ ।

मेयर बालेन्द्र शाहले लेख्नुभएको छ –

माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु,

तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाण्डौका नागरिकले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाण्डौमा हुने आधाभन्दा बढी प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाण्डौ महानगरले अकारणमा गाली खानु परेको छ ।

यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नु होला ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.