Advertisement

४० प्रतिशत सिनियर प्रहरी पुरस्कृत 

0 83

Advertisement

२० साउन, काठमाडौँ । नेपाल प्रहरीमा वरिष्ठ प्रहरी अधिकृतको दरबन्दी दुई हजार दुई सय २७ छ । जसमध्ये आठ सय ८७ जना अर्थात् करिब ४० प्रतिशत पुरस्कृत भएका छन् ।

प्रहरीमा एक आइजिपी, नौ एआइजी, २७ डिआइजी, ७९ एसएसपी, एक सय ७० एसपी, चार सय ५३ डिएसपी तथा एक हजार चार सय ८८ इन्स्पेक्टरको दरबन्दी छ ।

गत वर्ष पाँच सय ४४ इन्स्पेक्टर, दुई सय १९ डिएसपी, ९४ एसपी, १५ एसएसपी, १३ डिआइजी तथा दुई एआइजी पुरस्कृत भएका थिए । इन्स्पेक्टरभन्दा तल्लो तहमा ७६ हजार चार सय ५० मध्ये चार हजार दुई सय ५९ अर्थात् ५.५७ प्रतिशत पुरस्कृत भएका छन् ।

तल्लो तहतर्फ तीन सय १० वरिष्ठ सई, चार सय ६० सई, आठ सय ४४ असई, दुई सय ८३ वरिष्ठ हवल्दार, ६ सय २३ हवल्दार, ६ सय १२ सहायक हवल्दार, एक हजार एक सय पाँच जवान र ११ कार्यालय सहयोगी पुरस्कृत भएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.