Advertisement

श्रीमतीसँग झगडा हुँदा श्रीमान्‌ले आफ्नै शरीरमा लगाए आगो

0 7

Advertisement

१३ जेठ, काठमाडाैँ । काभ्रेको बनेपा नगरपालिका–७, स्थित तरकारी बजारमा एक पुरुषले श्रीमतीसँग झगडा हुँदा आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाएका छन् ।

श्याम कृष्ण श्रेष्ठको घरमा डेरा गरी बस्ने पर्सा वीरगञ्ज महानगरपालिका–२७ का ३५ वर्षीय अरूणकुमार यादवले आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार श्रीमतीसँगको विवादका क्रममा उनले शरीरमा आगो लगाएका हुन् । उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल पठाइएको र शिर मेमोरियल अस्पतालले थप उपचारका लागि शनिबार राति करिब साढे १० बजे बोर्न अस्पताल कीर्तिपुर रिफर गरेको छ ।

प्रहरीले यादवकी श्रीमती उषादेवी यादवलाई नियन्त्रणमा लिएको छ । जुम्ल्याहा छोरीसहित उषालाई नियन्त्रणमा लिएर पनौती सेफ हाउस पठाइएको वाग्मती प्रदेश कार्यालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.