Advertisement

त्रिकोणात्मक टी–२० आई सिरिज: नामिबियामाथि नेपालको ३ रनको रोमाञ्चक जित

0 31

Advertisement

१८ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजअन्‍तर्गत नेपालले नामिबियामाथि रोमाञ्चक जित निकालेको छ। जित्नैपर्ने दबाबमुलक खेलमा नेपालले ३ रनले जितेको हो।

१८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनायो। नेपाललाई जित दिलाउन करण केसीले अन्तिम ओभरमा कसिलो बलिङ गर्दै एक विकेट लिँदै ८ रन खर्चिए। जबकी अन्तिम ओभरमा जितका लागि नामिबियालाई १२ रन आवश्यक थियो।

नेपालका लागि करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए भने अभिनास बोहोराले एक विकेट लिए।

नामिबियाका लागि कप्तान जेजे सम्मिथले अर्धशतक प्रहार गरे। २५ बलमा अर्धशतक गरेका उनको विकेट २६ औं बलमा दीपेन्द्र सिंह ऐरीले अनिल साहबाट क्याचआउट गराए। यस्तै जन फ्रेन्लिङ्कले ३७, जेपी कटेजले २५ तथा जेन ग्रिनले २३ रन बनाए।

यसअघि टह हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो।

खेलमा नेपालका आक्रमक ब्याटर कुशल मल्लले अर्धशतक पूरा गरे। उनले ३६ बल खेल्दै ५४ रन बनाए। मल्लले ४ छक्का र एक चौका प्रहार गरे। मल्लले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो अर्धशतक हो।

आजको खेलमा कुशल भुर्तेलको स्थानमा आएका ओपनर अनिल साहले १७ बलमा २३ रन बनाए भने अर्का ओपनर आशिफ शेख १ रनमा आउट भए।

गुलसन झाले २६ रन बनाए। उनले १६ बल खेल्दै ३ छक्का र १ चौका प्रहार गरेका थिए।

यस्तै कप्ता रोहित पौडेलले १० रन बनाए भने दिपेन्द्रसिंह ऐरीले १६ रनको योगदान दिए। करन केसी ७ रन बनाए आउट भए भने सोमपाल कामीले २ रन बनाए।

नामिवियाविरुद्धको पहिलो खेलमा २० रनले पराजित भएको थियो। सिरिजमा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको नेपाललाई फाइनलमा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाब थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.