Advertisement

उपत्यकाका सीडीओको बैठक बस्दै, कोरोना रोकथामको थप रणनीति बारे छलफल हुने

1 688

Advertisement

१४ माघ, काठमाडाैँ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठक बस्दैछ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नियन्त्रण लगायतका विषयमा थप छलफल गर्न बैठक बस्न लागेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका सम्बन्धमा आवश्यक निर्णय गर्न बैठक बस्न लागेको जानकारी दिइन्। दिउँसो २ बजे बैठक बोलाइएको छ।

आजको बैठकमा उपत्यकामा लगाइएको जोर–बिजोर प्रणालीलाई व्यवस्थित गर्ने लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।

जोर–बिजोर प्रणालीका कारण सार्वजनिक यातायात क्षेत्रमा भीडभाड बढेको र त्यसले थप संक्रमणको जोखिम रहेको भन्दै व्यवस्थित हुनुपर्ने माग उठेको छ।

माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
1 Comment
  1. […] रोकथामका लागि उपत्यकामा ७ माघबाट जोर बिजोर प्रणाली लागू गरिएको थियो । यसले दैनिक जनजीवन […]

Leave A Reply

Your email address will not be published.