Advertisement

पानी पर्दा हिलो, घाम लाग्दा धुलो, कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ?

0 18

Advertisement

१५ बैशाख, बुटवल । वि सं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको ११३ किलोमिटर बुटवल–नारायणगढ सडक खण्ड  ६ वर्षसम्म निर्माण सम्पन्न हुन सकेको छैन । 

बुटवल–नारायणगढको सडक सहरी भेगमा सिक्स लेन र जङ्गली क्षेत्रमा फोर लेनमा विस्तार कार्य दुई खण्डमा विभाजन गरेर काम अघि बढाइएको थियो । एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर २०७५ सालमा सम्झौता भएको सडकको भौतिक प्रगति अहिलेसम्म ५० प्रतिशत पनि पुग्न सकेको छैन । 

पानी पर्दा हिलो, घाम लाग्दा धुलोलेअहिले सर्वसाधारणले हैरानी खेप्नुपरेको छ। काम सुरु भएको ६ महिनासम्म पनि पूर्व तयारी नभएको यो आयोजना त्यस लगतै कोभिड महामारीले काम अघि बढ्न सकेन। अहिले पूर्व र पश्चिम खण्डका केहि ठाउँमा कालोपत्रे सुरु भएको छ । 

१६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहने छ।

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.