Advertisement

सेयर बजारमा चम्कियो होटल समूह, नेप्से १९६६ अंकमा

0 9

Advertisement

२७ वैशाख, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ५.६३ अंक (०.२८ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९६६ अंकमा कायम भएको छ ।

११५ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १४ को स्थिर रह्यो । कुल ३ अर्ब १२ करोडको कारोबार भयो । नेप्से परिसूचक झिनो अंकमा वृद्धि हुँदा पनि होटल तथा पर्यटन समूह भने ३४२ अंक (६.९६ प्रतिशत) बढेको छ । यो समूहले नै बिहीबार समग्र बजार हरियो रहन बल पुग्यो ।

पर्यटकको संख्यामा सुधार आएसँगै होटलहरुको नाफा राम्रो देखिएको छ । होटलहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण राम्रो निकाल्ने अपेक्षा लगानीकर्तामा बढ्दा यो समूहमा उच्च वृद्धि देखिएको हो ।

होटल समूहका अलवा बैंकिङ ४, विकास बैंक ३२, फाइनान्स १४, हाइड्रोपावर ४ र निर्जीवन बीमा समूह १६ अंक बढे । जीवन बीमा ४३, उत्पादन ७ र माइक्रोफाइनान्स समूह ३८ अंक घटे ।

यस दिन धेरै मूल्य बढेका कम्पनीमा पनि होटल तथा पर्यटन समूहकै कम्पनीहरु अगाडि रहे । ओरियन्टल होटलको ८.४६, सिटी होटलको ७.९९, सोल्टी होटलको ७.४१, तारागाउँ रिजेन्सीको ६.५६ प्रतिशत मूल्य बढ्यो । त्यस्तै नेपाल बैंकको मूल्य ५.९, नारायणी डेभलपमेन्टको ५.७, चन्द्रागिरि हिल्सको ५.६ तथा कालिन्चोक दर्शनको ५ प्रतिशत मूल्य बढ्यो ।

मूल्य धेरै घट्नेमा सबैको लघुवित्त, विन नेपाल, साधना र मनकामना स्मार्ट लघुवित्त अगाडि रहे । यी चारै कम्पनीको ४ देखि ४.७ प्रतिशतसम्म मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, सोल्टी होटल, फस्र्ट माइक्रोफाइनान्स, पोखरा फाइनान्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.