बिक्रीमा छ मेरो भोट

2 578

अनमोल गिरी

१० वैशाख, काठमाडौं ।

बिक्रीमा छ मेरो भोट म त पक्का बेचिदिन्छु
भोट माग्न बिना पैसा आए खेदिदिन्छु
मलाई बेच्नु छ मेरो भोट
आउ बोली लगाउ
एक भोटमा नारा पनि लगाई दिन्छु
उभिएर रोडमा मासु संग थोरै सितन गाइदिन्छु
तिम्रौ कृर्तन बेरोजगार बसेको
मलाई बेच्नु छ आफ्नै भोट
एक बर्ष मागे थियौ पाँच बर्ष देको थिए
तिमिलाई भोट हाल्न भनी चर्को घाममा उभिएको थिए
राम्रोलाई हैन हाम्रोलाई दिन्छु
आऊ मलाई आफ्नो बनाऊ
भोट हालि खाडि जान्छु रेमिट्यान्समा
अड्डिएको अर्थतन्त्र लौ भन किन्छौ हैन त मेरो भोट
भ्रष्ट छैनौ तिमी मलाई थाहा छ
मेरो भेट किन्छौ
अनि मात्र लागत उठाउछौ
गल्ती छैन तिम्रो हजुर बागमती त म हो
तिमि त कञ्चन गंगा शुद्ध छौ
रोड सबै बनिसके मन्त्रालय अघि धुलो कतै छैन
बिकासित मुलुक सरि बिकास भयो
देश थाहा छ तिम्रो घर ओरिपरि शुद्ध छ
स्विम्मिङ पूल प्यासमा त बाकि सहर देशलाई त
ऋण लागे के भो’र व्याजमा छ
तिम्रो धनको नहर
म झन्डा बोकि खाडि गई भन्ने छु
बुद्धको देशमा शान्ति लग्नु छ
बिरको देशमा साहास
र राम शाहको देशमा न्याय सिताको देशमा निष्पक्षता
अनि भृकुटीको देशमा खुसि समग्रमा
मेरो देशमा सगरमाथा जस्तै शुद्ध न्याय र बुद्धको ज्ञान झैं शान्त लग्नु छ
तर अहिले गरिबीलाई जिस्काउन थोरै जोहो गर्नु छ
अनि मलाई मेरो भोट बेच्नु छ
नाङ्गो बुबालाई दौरा र भोको आमालाई पिठो किन्नु छ
भाईलाई जुत्ता र बहिनिलाई शिक्षा दिनु छ
आउ पाँच बर्से रोजगारीमा एकपटक लागानि गर
आउ बिक्रीमा छ मेरो भोट


लय: मुक्त छन्द



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
2 Comments
  1. Samir says

    Keep it up ❤️✊

  2. Rawmesh Puri says

    Kadak raja….
    # future pride of nepal 🇳🇵❤️👌

Leave A Reply

Your email address will not be published.