Advertisement

‘फर्की फर्की’को शिर्ष गीतमा अनमोल र जसिताको रोमान्स

0 18

Advertisement

१५ बैशाख, काठमाडाैँ । जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरले दर्शकको उच्च साथ पाइरहेको समयमा यसको पहिलो गीत निर्माणपक्षले सार्वजनिक गरेको हो । रोमन बज्राचार्य र निकिता थापाको स्वर रहेको यो गीतमा रोमन बज्राचार्यको शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी, विजेश पौडेलको सम्पादन छ । फिल्मको यो गीतमा मुख्य कलाकारहरू नायक अनमोल केसी र नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ ।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् भने मोती कार्की र अनिरुद्ध गिरी कार्यकारी निर्माताको रुपमा छन् ।

यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ । फिल्म ‘फर्की फर्की’लाई नरेन्द्र मैनालीले खिचेका हुन् भने सुरेन्द्र पौडेल यसका सम्पादक हुन् । रोमन बज्राचार्य र नरेन लिम्बु फिल्मका संगीतकार हुन् । फिल्ममा अष्ट महर्जनको एक्सन छ ।

फिल्म टाइम लुपको कथालाई उठान गरेको छ । फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसले दर्शकको माया पाइरहेको छ । यसैले, जेठको १० गते बक्स अफिसमा यो फिल्मले बम्पर ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.