Advertisement

तरुण दलका अध्यक्षलाई लक्षित गर्दै गोली प्रहार, चार जना अनुसन्धानका लागि नियन्त्रणमा

0 51

Advertisement

१३ फागुन, काठमाडौं । वीरेन्द्रनगरमा गए राति गोली चलाएको भन्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान समेत सुरु गरेको बताएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको विषयमा अनुसन्धान भइरहेको दाबी गरेको छ।

शनिबार बेलुका वीरेन्द्रनगर नगरपालिका–१, देउतीथान नजिक स्थानीय विनोद गिरीलाई लक्षित गरेर गोली चलेको थियो। यद्यपि गोली उनी चढेको गाडीमा मात्र लागेको थियो।

गिरी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला सदस्य समेत हुन्। फागुन १३ गतेदेखि वीरेन्द्रनगरका सञ्चालन हुने महोत्सवको विषयमा रहेर विवाद सिर्जना भएको आशंका गरिएको छ।

सुर्खेत उद्योग वाणिज्य संघको आयोजनाका हुन लागेको उक्त महोत्सवको ठेक्काको विषयलाई लिएर दुई समूहबीच विवाद भएको प्रहरीको अनुमान छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.