Advertisement

चर्चित गीत ‘घाम जस्तो जुन हुँदैन’ नयाँ भर्सनमा सार्वजनिक

0 16

Advertisement

१८ असाेज, काठमाडौं । चर्चित लोकदोहोरी गीत ‘घाम जस्तो चम्किलो जुन हुँदैन’ नयाँ भर्सनमा सार्वजनिक भएको छ। करिब १५ वर्षअघि गायक पुरुषोत्तम न्यौपाने र गायिका बीमा कुमारी दुराको स्वरमा आएको गीतलाई नयाँ पुस्ताका कलाकारको स्वर र अभिनयमा बिहीबार फेरि सार्वजनिक गरिएको हो।

पुष्पाञ्जली म्युजिकबाट सार्वजनिक गीतको नयाँ भर्सनमा कुशल बेलबासे र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ। गीत संगीत संयोजन भने पहिलेको गीतकै संगीत संयोजक विनोद बाजुरालीले गरेका छन्।

गीतको म्युजिक भिडियो ‘दृष्यमा खप्तड’ अभियानअन्तर्गत निर्माण भएको छ। जसको निर्देशन पत्रकारितामा समेत सक्रिय डिबी खड्काले गरेका छन्। अभिनय सुगम संगीतमा चर्चित रहेका कलाकार सनम कठायत र टेलिसिरियलमा निकै रुचाइएकी कलाकार सरिता ढुंगानाको रहेको छ।

म्युजिक भिडियोको सिनेमाटोग्राफी दिपक गिरीले गरेका हुन्। सम्पादन र कलर संयोजन पहिलेकै भिडियोमा समेत गरेका प्रविन भट्टले गरेका छन्। म्युजिक भिडियोको औपचारिसक सार्वजनिकीकरण भने केही समयअघि नै भएको थियो। नेपाली कांग्रेसका महामन्त्री गगन थापा र पूर्व पर्यटनमन्त्री प्रेम आलेले पर्यटन बोर्डमा आयोजित ‘दृष्यमा खप्तड’ सार्वजनिक समारोहमा गीतको म्युजिक भिडियो विमोचन गरेका थिए।

आफ्नो संगीत करियरको टर्निङ प्वाइन्टका रुपमा रहेको गीतलाई नयाँ पुस्तामाझ पुर्‍याउन नयाँ भर्सनमा सार्वजनिक गरिएको गीतकार डा सुवेदीले बताएका छन्। उनले भने, ‘आफूलाई मन परेको सिर्जना नयाँ पुस्ताका दर्शकस्रोता माझ पुर्‍याउने धोको थियो। पूरा भएको छ।’

लोकसंगीत पारखीले परख गरिसकेको गीतमा आफू जोडिन पाउँदा खुसी लागेको मोडेल सनम कठायतले बताएका छन्। उनले भने, ‘ऐतिहासिक गीतलाई सुन्दर प्राकृतिक दृष्य रहेको अध्यात्मिक भूमि खप्तडमा दृष्यांकन गरेका छौं। मेरो जीवनको सुन्दर काममध्ये एउटा हो यो।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.