Advertisement

मातातीर्थ औंसीका विषयमा संक्षिप्त चर्चा एवं महत्व

0 432

Advertisement

पं. कृष्ण प्याकुरेल

२६ बैशाख, काठमाडाैँ । वैशाखकृष्ण अमावास्यालाई मातातीर्थ औंसी भनिन्छ। याे औंसी पर्व आमाकाे मुख हेर्ने पर्वका रूपमा प्रसिद्ध छ । हाम्रा शास्त्रद्वरा मातृदेवाे भव , पितृदेवाे भव , भनेर आमा र बाबुलाई देवताका रूपमा सम्मान गर्नुपर्दछ ,भनेर शिक्षा दिइएकाे छ। संस्कृतकाे अम्बा शब्दबाट अपभ्रंश भएर आमा शब्द बनेकाे हाे। अम्बा भनेकी यस संसारकाे सृष्टि ,पालन र विनाश गर्नसक्ने सम्पूर्ण जगत्की पराशक्तिरूपा महामाया भगवती हुन्। उनै भगवतीकाे प्रतिनिधित्व गर्ने शक्तिका रूपमा आमालाई मानिएकाेछ। आमालाई सम्मान गरेर खुसीपार्न सकियाे भने यसलाेकमा सुखसमृद्धि तथा ऐश्वर्यकाे उपभाेग गरी परलाेकमा माेक्ष समेत प्राप्त गर्न सकिन्छ। आमा नभै कुनै पनि सृष्टि हुँदैन। अमाले नै सम्पूर्ण जगत्काे पालना गरेकाे कुरा ता हामीले देखिरहेकैछौँ।

जसले आमाकाे चित्त दुखाउँछ त्यसलाई प्रत्यक्षरूपमा आमाले हानि नपुर्याएपनि पराेक्षरूपमा पराशक्तिरूपा जगदम्बा माताले उसकाे सर्वस्व विनाश गर्नुहुन्छ। त्यसकारण आमा भनेकी सृष्टि ,पालन र विनाशकी मूल कारणहुन् भन्ने कुरा सिद्ध हुन्छ।मानिसहरूमा मात्र हाेइन पशुपक्षीहरूमा समेत मातृस्नेहकाे सम्बन्ध प्रगाढरूपमा देख्न सकिन्छ। जस्तै–

´´अजातपक्षा इव मातरं खगाः स्तन्यं यथा वत्सतराः क्षुधार्ताः।
प्रियं प्रियेव व्युषितं विषण्णा मनाेS रविन्दाक्ष दिदृक्षते त्वाम्।।

श्रीमद्भागवत ६/११/२६ भाेकले सताइएका पखेटा नउम्रिएका चराका बचराले जसरी आमाकाे चाहना गर्दछन् , नवजात बाच्छा-बाच्छीले जसरी माउलाई भेट्ने उत्कट चाहना राख्छन् , जसरी परदेशमा गएका प्रियलाई प्रियाले भेट्न व्याकुल हुन्छन् , त्यसै गरी भगवान्लाई पाउन भक्तिद्वारा प्रेमरसमा चुर्लुम्म डुबेर सजगता र लगनशीलतासाथ लाग्नुपर्दछ ,भन्ने कुराले मातालाई पनि भगवान्काे अथवा भगवतीकाे प्रतीक मानेर सजगतासाथ सम्मान ,श्रद्धा र भक्ति गर्न सके मनुष्यले सर्वस्व प्राप्त गर्न सक्तछ। ´´ पिता माता तथैवाग्निर्गुरुरात्मा च पञ्चमः। यस्यैते पूजिता पार्थ ! तस्य लाेकावुभौ जितौ।।

महाभारत वनपर्व अ-१५९/१४ जसले पिता माता ,अग्नि , गुरु र आत्मालाई आदर गर्दछ ,सम्मान गर्दछ , त्यसले यस लाेकमा सुख ऐश्वर्यकाे भाेग गरी परलाेमा माेक्ष समेत प्राप्त गर्दछ , भनिएकाे छ। त्यस कारण आमाकाे सधैँ सम्मान गर्नुपर्दछ, भने लाेकमा मातातीर्थ औसी भनेर प्रसिद्ध पर्वमा आमाकाे विशेष सम्मान गर्दा अझठुलो पुण्य लाभ हुन्छ।

´´ माता गुरुतरा भूमेः खात् पिताेच्चतरस्तथा ।
मनः शीघ्रतरं वाताच्चिन्ता बहुतरी तृणात्।।

` ( ´याञ्चा बहुतरी तृणात्इति पाठान्तरम्)

महा• वन• ३१३/६०
आमालाई पृथिवी भन्दा ठुली र बाबुलाई आकाश भन्दा उच्च मान्नुपर्दछ। हावाभन्दा छिटाे दौडने वस्तु मन हाे , भने तृण वा रुवा भन्दा हलुका चीज माग्नु वा चिन्ता गर्नु हाे ,अर्थात् चिन्ता गर्नु व्यर्थ हाे ,चिन्ता बाट केही फाइदा हुँदैन ,भनिएकाे हुँदा आमाकाे सम्मान गर्नाले ठुलाे पुण्यलाभ हुन्छ।

´´मात्रा समं नास्ति शरीरपाेषणम्

आमाले जस्ताे गरी सन्तानका शरीरलाई पाेषण दिने संसारमा अरु कुनै वस्तु छैन ,भनेर नीतिशास्त्रमा पनि बताइएकाे छ। त्यसकारण प्राणीसमुदायमा आमाले जेजति उपकार र सहयाेग गर्नुहुन्छ ,त्यति संसारमा कसैले पनि गर्दैन ।त्यसकारण उपकारकाे प्रत्युपकारका लागि पनि आमा हुनेले यसदिन माताकाे पूजा गरी नयाँ वस्त्र , पहिराई फलफूल ,मिठाई आदि र दक्षिणादि समेत दिएर प्रणाम गरी खुसीपारेर आशीर्वाद लिने परम्परा चलेकाे हाे। आमा नहुनेले आमाकाे स्मरण गरी तीर्थमा गएर वा घरैमा भएपनि तर्पण श्राद्ध गर्ने र सिधादान दक्षिणादान आदि गर्ने ,ब्राह्मणभाेजन गराउने , वृद्धाश्रममा गएर वृद्ध वृद्धाहरूलाई यथाशक्ति फलफूल , अन्न , वस्त्रादि दिएर भाेजन गराउने दक्षिणा दिने आदि गरेर आमाकाे सम्झना र सम्मान गर्ने गर्नुपर्दछ । यसदिन थानकाेटस्थित मतातीर्थ पाेखरीमा गएर स्नान दान गर्ने पनि परम्परा छ।यस स्थानमा आमाकालागि गरिएका स्नान दानादि प्रत्यक्षरूपमा आमाले प्राप्त गर्नुहुन्छ , भन्ने जनविश्वास पनि छ। यसैकारण समाजमा यसदिन मातृसम्मान गर्ने परम्परा चलेकाे पनि छ। अन्त्यमा मातृरूपा भगवतीमातालाई प्रणाम गरी विश्राम लिन्छु।

´´या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमाे नमः।।

ॐ अम्बायै नमः।
ॐ हरये नमः।।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.