Advertisement

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी

0 8

Advertisement

२६ वैशाख, काठमाडाैं । मोरङ उद्योग व्यापार संघको ६७ औं साधारण सभाबाट यूवा उद्यमी अनुपम राठी सर्वसम्मत अध्यक्ष चुनिएका छन्। संघका वर्तमान अध्यक्ष नविन रिजालको नेतृत्वमा रहेको कार्यकारिणी समितिको दुई वर्षे कार्यकाल सकिएपछि साधारण सभासँगै नयाँ नेतृत्व चयन भएको हो ।

नवनिर्वाचित अध्यक्ष अनुपम राठीले सोमबार नै पदभार ग्रहण समेत गरिसकेका छन् । उनलाई निवर्तमान अध्यक्ष नविन रिजाल र पूर्व अध्यक्ष प्रकाश मुन्दडा, पवनकुमार सारडा, ताराचन्द खेतान, शंकरलाल अग्रवाल, देवेन्द्रराज गढियाले स्वागत गरेका थिए ।

संघमा राठी परिवारको तीन पुस्ता अध्यक्ष बनेका छन् । यसअघि उनका हजुरबा आशकरण र बुबा नन्दकिशोरले संघको नेतउत्व सम्हालिसकेका छन् । आशकरण २०३८ देखि २०४० सालसम्म र नन्दकिशोर २०४९ देखि २०५१ सालसम्म संघको अध्यक्ष थिए ।

यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा अनिलकुमार साह बनेका छन् । बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकाले दुई वर्षपछि साह अध्यक्ष बन्नेछन् । संघको उपाध्यक्षमा विकाशकुमार बेगवानी र अनिल सारडा चयन भएका छन्। संघको महासचिवमा संजय श्रेष्ठ, सचिवमा अमित सारडा, कोषाध्यक्षमा राजेश बगडिया अग्रवाल चयन भएका छन् ।

सदस्यहरूमा दिपेश सुवेदी, सुशिल सुराना, विवेक अग्रवाल, मनिषकुमार मारु, देवाशिष गोल्छा, विनित सिंघानिया, अमित राठी, आशिष जाजु, पवन राठी चयन भएका छन्। त्यसैगरी गोपाल अग्रवाल, ओमप्रकाश शर्मा, कृष्णप्रसाद रिजाल, बन्दना जैन, धिरज मोहता, विनोद बोहरा, डा। दिपेन्द्र नौलखा, पंकज गोयल, संजिव श्रेष्ठ पनि संघमा कार्यकारिणी समितिको सदस्य चयन भएका हुन् ।

विसं २००८ सालमा स्थापित मोरङ व्यापार संघको ७२ वर्षको लामो इतिहास छ। संघले आफूलाई देशकै पहिलो संघ दाबी गर्दै आएको छ । यसअघि मोरङ व्यापार संघ रहेकोमा यसै बर्ष नाम परिवर्तन गरी मोरङ उद्योग व्यापार संघ बनाइएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.