ठाकुर प्रसाद गैरेको प्रश्न– विना बिजनेसको सदन किन चलिरहेको छ?
१८ असाेज, काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर प्रसाद गैरेले विना बिजनेसको संसद किन चलेको भन्दै प्रश्न गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गैरले भने,‘विना बिजनेसको सदन किन चलिरहेको छ? यो के भयो म प्रश्न गर्न चाहन्छु।’
सांसद गैरेले पाल्पा तानसेनमा बाँदरको आक्रमणबाट तीन वटा बाख्रा मरेको घटना जोड्दै वन्यजन्तु नियन्त्रणमा सदनको ध्यानाकर्षण पनि गरेका छन्।