Advertisement

होटल पौवा पोखरामा, १० गते औपचारिक उद्‌घाटन हुने

0 36

Advertisement

०८ चैत, पोखरा । नेपालमा पूर्ण रुपमा नेपाली हस्पिटालिटीसहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालिले पर्यटकीय शहर पोखराको लेकसाइडमा आफ्नो सेवा सुरु गरेको छ।

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रलाई आत्मसात गरेको पौवाले नेपालकै पर्यटन उद्योगको लोभलाग्दो प्रमुख गन्तव्य पोखराको लेकसाइड स्थित स्ट्रिट नम्बर १ बाट आफ्नो ११औं शाखा सञ्चालनमा ल्याएको हो। पौवाको ११औं शाखाको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चैत १० गते बिहान १० बजे औपचारिक उद्‌घाटन गर्ने कार्यक्रम छ।

होटल आरम्भको अवसरमा यही चैत १०, ११ र १२ गते ३ दिनमा फुड टेस्ट, पौवाका सबै शाखाका सेफहरुबीच अन्तरशाखा प्रतिस्पर्धा, नेपाली आतिथ्यताबारे सम्मेलनसहित विविध कार्यक्रम आयोजना हुने होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए।

ज्ञवालीले पौवामा आएर खानाको स्वाद चाख्न सबैलाई आग्रह समेत गरे। ‘कोरोना महामारीले नेपालको समग्र पर्यटन उद्योगलाई नराम्ररी प्रभावित बनायो। त्यसमा पनि होटल व्यवसाय झन बढी मारमा पर्‍यो। तर, पछिल्लो समय विस्तारै बाह्य पर्यटकहरुको आगमन बढ्न थालेसँगै होटल उद्योगहरु पनि चलायमान हुन थालेका छन्’, ज्ञवाली भने।

‘होटलमा लगानी गर्नु अझै पनि चुनौतीपूर्ण छ। तर, हामी यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्नका लागि होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौं’, ज्ञवालीले थपे, ‘आन्तरिक पर्यटक र बाह्य पर्यटकको सही संयोजन गर्न सके होटल व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने आफूहरूको अनुभव रहेकै कारण पोखरामा प्रवेश गरेका हौं। हामी प्रदान गर्ने सेवा, सत्कार र आतिथ्यता सबै नेपालीपनको हुने प्रतिवद्धता जनाउँछौं।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.