प्रतिव्यक्ति ५ लाख रुपैयाँ लिएर तिब्बती शरणार्थीलाई सक्कली नेपाली नागरिकता

0 48

०८ चैत, काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारी समेतको मिलेमतोमा तिब्बती शरणार्थीहरुलाई नागरिकता बिक्री गर्नेगरेको तथ्य खुलेको छ। प्रतिव्यक्ति ५ लाख रुपैयाँ रकम लिएर तिब्बती शरणार्थीहरुलाई नागरिकता बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ।

नेपालमा नक्कली बुवा–आमा खडा गरेर, साक्षी समेत नक्कली खडा गरेर, नक्कली सिफारिस बनाइ जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सक्कली नागरिकता उपलब्ध गराउने गरिएको प्रहरीले जानकारी दिएको छ।

यो पक्ररणमा संलग्न गिरोहका सदस्यमध्ये नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ जनालाई पक्राउ गरेको छ।

‘नक्कली बाउ–आमा खडा गरेर, नक्कली सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तिब्तती शरणार्थीहरुलाई नागरिकता दिलाउने गिरोहका ५ जनालाई पक्राउ गरेका छौं,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसीले भने।

पक्राउ पर्नेमा झापाको कचनाकबल गाउँपालिका–३ का ४७ वर्षीय कृष्णबहादुर कटुवाल, काठमाडौंको बबरमहल घर भइ भक्तपुर ठिमी बस्ने ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङको सुन्दर हरैचा–३ घर भइ ललितपुरको धोबीघाट बस्ने ४९ वर्षीय हिराला शिवाकोटी, ललितपुरको गोदावरी नगरपालिका– ७ घर भएका ३० वर्षीय विजय लामा र तनहुँको शुक्लागण्डकी–८ दुलेगौँडास्थित तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका २५ वर्षीय लोब्साङ ठिल्ले छन्।

तिब्बती नागरिकलाई सक्कली नेपाली नागरिकता बनाउने कार्यमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीको समेत संलग्नता देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ। उनीहरुको अहिले बयान प्रमाणीकरणको काम भइरहेको छ।

तिब्बतीलाई नेपाली नागरिकता दिलाउने गिरोहमा नक्कली लेखापढी व्यवसायीदेखि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ९ वर्षदेखि चमेना गृह (क्यान्टिन) सञ्चालन गर्दै आएका व्यक्तिको पनि संलग्नता खुलेको प्रहरीले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.