Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति बैठक

0 46

Advertisement

१९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। बैठक बिहीबार दिउँसो ३ बजे बस्ने सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए। ‘नेताहरुसँग भइरहेको छलफलका बारेमा बैठकमा कुरा हुन्छ,‘ उनले भने, ‘गृह मन्त्रालय पाए के गर्ने? नपाए के गर्ने? भन्ने विषयमा निर्णय हुन्छ।’

पार्टीमा छलफल नै नगरी निर्णय लिँदा अर्कै सन्देश जाने भएकाले केन्द्रीय समितिको बैठक बोलाइएको उनको भनाइ छ।

नागरिकता पुनः प्राप्तिपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भन्दै आएका छन्। उनको पक्षमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि उभिएका छन्। तर, प्रधानमन्त्री प्रचण्ड भने लामिछाने वा राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै गृह मन्त्रालय नदिने मनस्थितिमा छन्।

बिहीबार मात्रै सभापति लामिछानेले आफू अभिमन्यु होइन भन्दै सामाजिक सञ्जालमा लेखेका छन्। ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन,’ उनले लेखेका छन्।

गत मंगलबार मात्रै लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालयबारे निर्णय दिन बेलुका ६ बजेसम्मको अल्टिमेटम दिएका थिए। तर, कुनै ठोस निर्णय भएको थिएन।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.