Advertisement

मलेसियाका गृहमन्त्री आज काठमाडौं आउँदै

0 45

Advertisement

१९ माघ, काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने भ्रमणका लागि बिहीबार काठमाडौं आउँदै छन् । इस्माइल आज साँझ ७ बजे काठमाडौँ त्रिभुवन विमानस्थलमा आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इस्माइलको नेपाल भ्रमणका क्रममा थप कामदार पठाउने र त्यहाँ रहेका कामदारको सुरक्षा सुनिश्चित गर्ने विषयबारे छलफल हुने जनाइएको छ । मलेसियाले विभिन्न क्षेत्रका लागि करिब पाँच लाख नयाँ कामदार भित्र्याउने घोषणा गरेको सन्दर्भमा गृहमन्त्री इस्माइलले नेपाल र बंगलादेशसहित आफ्ना प्रमुख आप्रवासी कामदारका मुलुकको भ्रमण गर्न लागेका हुन् ।

नेपालको प्रमुख श्रम गन्तव्यका रूपमा चिनिने मलेसियाका गृहमन्त्री इस्माइलले ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ बारे छलफल गर्ने जनाइएको छ । उनले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै अर्थ, श्रम र परराष्ट्र मन्त्रालयका अधिकारीसँग मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ बारे छलफल गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाली श्रमिकको सुरक्षा, कामदारको सङ्ख्या र पारिश्रमिक वृद्धिसहित सबै विषयमा छलफल हुने छ । मलेसियामा हाल करिब सात लाख नेपाली कामदारहरू रहेको सरकारी आंकडा छ ।

उनी भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.