Advertisement

सुपर मादीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ निष्काशन गर्ने

0 93

Advertisement

१३ मंसिर, काठमाडाैं । सुपर मादी हाइड्रोपावर लिमिटेडले मंसिर २० गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेकालाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले जारी पूँजीको १५ प्रतिशत अथार्त ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्काशन तथा बिक्री खुला गर्नेछ । जसमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पुँजी २ अर्ब १० करोडको ५ प्रतिशतले हुन आउने १० लाख ५० हजार कित्ता तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सर्वसाधारणमा छुट्टाएको २१ लाख कित्ताको १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

सोमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नम्बर १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता छुट्टाइएको छ । यस्तै आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नम्बर २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता निष्काशन हुनेछ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि सर्वसाधारणलाई निष्कासन हुने २१ लाख कित्ताको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर निष्कासन हुनेछ । बाँकी १८ लाख ९० हजार कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणमा जारी हुनेछ ।

कम्पनीले आईपीओ सेयर बिक्री गर्न गराएको रेटिङ्गमा रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर डबल बी’ रेटिङ्ग प्रदान गरको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आयोजना प्रभावित र वैदेशिक रोजागारीमा रहेकाले मंसिर २० देखि पुस ५ सम्म आवेदन गर्न पाउने

कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु र वैदेशिक रोजगारमा रहेकाहरुले कम्पनीको आईपीओमा पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाकालागि छुट्टाइएको सेयर पुस ५ गतेसम्म सबै बिक्री नभएको खण्डमा भने पुस २० गतेसम्म म्याद लम्बिनेछ । दुबैतर्फ लगानीकर्ताले न्यूनतम १० देखि ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारमा रहेका नेपालीहरुले नेपाल मेरो सेयरको मोबाइल एप, धितोपत्र बोर्डबाट सि–आश्वा सेवाको अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाहरुले भने कास्कीमा रहेको एनसीसी बैंकको न्यूरोड शाखा, कुमारी बैंकको कहुनखोला, माछापुच्छ्रे बैंकको मादी, सानिमा बैंकको न्यूरोड पोखरा शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.