Advertisement

सुनको भाउ तोलाको ४ सय रुपैयाँ बढ्यो

0 7

Advertisement

१६वैशाख, काठमाडाैं । साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ३३७ दशमलव ९३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर १८ पैसामा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.