Advertisement

हँसिया प्रहार गरी श्रीमतीको हत्या

0 331

Advertisement

२९ माघ, पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बागलुङ जिल्ला बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेका हुन् ।

शुक्रबार बिहान १० बजेको समयमा परियारले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक महिलाको शरीरमा निलडामसहित टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको छ । प्रहरीले आरोपित श्रीमान् राजु परियारसहित घटनास्थलबाट खुर्पा (हँसिया) पनि नियन्त्रणमा लिएको छ ।

यसअघि पनि पटक–पटक उनीहरूबीच झगडा हुने र सामुदायिक सेवा केन्द्र र महिला तथा बालबालिका सेवा केन्द्रमा आएर मेलमिलापपश्चात फर्किने गरेका थिए । शुक्रबार बिहान पनि स्वास्थ्य परीक्षणका क्रममा श्रीमान् राजु परियारले मदिरा सेवन गरेको पर्वत अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलले बताउनुभयो ।

मृतकका एक छोरा र एक छोरी छन् । तर दुवै छोराछोरी उनीहरूका साथमा छैनन् । शुक्रबार साँझमात्रै आफन्तले किटानी उजुरी दिएको र आज उनीहरूका आफन्त आएपश्चात् मृतकको शव बुझाउने प्रहरीले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.