Advertisement

आइपीएलको आज हुने मेगा अक्सनमा सन्दिप पनि सामेल 

0 200

Advertisement

२९ माघ, काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन आजदेखि शुरु हुँदैछ ।

चारवर्षको अवधिपछि आज पहिलोपटक आइपीएलको मेगा अक्सन हुन लागेको हो । पछिल्लोपटक सन् २०१८ मा मेगा अक्सान भएको थियो ।

यसपटक विश्वकै सबैभन्दा ठूलो टि २० फ्रेन्चाइज क्रिकेट लिगमा दुई नयाँ टिम थपिएर १० वटा टिमले सहभागिता जनाउँदैछ ।

थपिने दुई नयाँ टिममा लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स् रहेका छन् ।

भारतको ब्याङ्ग्लोरमा हुने यस मेगा अक्सनमा नेपालका सन्दिप लामिछानेसहित ५९० खेलाडीहरुको नामको सहभागिता रहनेछ । जसमध्येबाट यसपटकको आइपीएलमा २१७ खेलाडी छनोट हुनेछन् ।

यसपटकको अक्सनका लागि नेपालका कप्तान सन्दिपसहित १५ जना खेलाडीहरुले आफ्ना् नाम पठाएका थिए तर अन्तिम अक्सनका लागि उनले मात्र स्थान बनाए ।

अक्सनमा सन्दिपले आफ्नो न्युनतम मुल्य ४० लाख भारतीय रकम तोकेका छन् । उनले यसअघि दिल्ली क्याििपटल्सबाट खेलिसकेको अनुभव पनि रहेकोले यसपटक उनलाई कुनै टिमले लिन सक्ने अनुमान रहेको छ ।

अक्सनमा शुरुमा १० मार्की खेलाडीहरुलाई राखिनेछ । यसपछि मात्रै बाँकी खेलाडीहरुको अक्सन शुरु हुनेछ ।

यो सिजनको आइपीएल मार्च २७ तारिखबाट शुरु हुनेछ ।

यसअघि नै ३३ जना खेलाडीहरुलाई क्लबहरुले भारतीय रकम ३४३ दशमलब ७ करोडमा खरिद गरिसकेको छ ।

अक्सनमा कुल ९ सय करोड रुपैयाँको बोलि लाग्नेछ । अक्सन आज दिउँसो सबा १२ बजेबाट शुरु हुनेछ ।

अक्सनका लागि १० टोलीसँग भारतीय रकम ५५६ लशमलब ३ करोड रुपैयाँको पर्स रहनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.