Advertisement

म्याराडोनाको गोल्डेन बल अक्सनमा

0 10

Advertisement

२६ बैशाख, काठमाडाैँ । महान फुटबल डिएगो म्याराडोनाको गोल्डेन बल ट्रफी अक्सन (लिलामी)मा राखिने भएको छ । म्यारोडोनाले सन् १९८६ को विश्वकपमा उत्कृष्ट खेलाडीको रुपमा प्राप्त गरेको गोल्डेन बल ट्रफी लिलामीमा समावेश गरिएको छ । एगुएट्स अक्सनका अनुसार उक्त ट्रफीको लिलामी फ्रान्समा अर्को महिना हुने छ ।

अक्सनमा जान लागेको पहिलो गोल्डेन बल भएकाले यसको मूल्य तय भएको छैन । जुन ६ मा फ्रान्समा हुने अक्सनमा यसको मूल्य लाखौं पुग्ने अनुमान गरिएको छ ।

म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले फाइनलमा पश्चिम जर्मनीलाई ३–२ ले हराएर १९८६ को विश्वकप जितेको थियो । गोल्डेन बल ट्रफी सन् १९८२ को विश्वकपबाट सुरु भएको थियो । म्याराडोनाको मृत्यु २५ नोभेम्बर २०२० मा भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.