Advertisement

नेपाल ‘ए’ ले क्यानडालाई दियो २१७ रनको लक्ष्य

0 24

Advertisement

०६ फागुन, काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीचको खेलमा नेपालले क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २१६ रन बनाएको हो।

नेपालका लागि बसिर अहमदले ५० रनको योगदान दिए। उनले ५५ रनको सामना गर्दै अर्धसतक पूरा गरेका थिए। त्यस्तै रसिद खानले ४०, मयान यादवले ३५ रनको बनाए।

यसैगरी किरण ठगुन्नाले २५ रन बनाउँदा विवेक यादवले २१ र सन्दीप जोराले १४ रनको योगदान दिए। क्याप्टेन विनोद भण्डारी भने ११ बल खेलेर ५ रन बनाउँदै आउट भए।

नेपाल ए टिममा प्रधानमन्त्री कप, यू-१९ विश्वकप र नेपालको सिनियर टोलीमा नपरेका खेलाडीहरु समेटिएका छन्।

नेपाल एको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन्। यो सिरिजको दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.