Advertisement

भन्सार छलीमा मुछिएको साइमेक्स बीवाइडीबाट ट्राभलर चार्जर झिकेर बिक्री गर्दै

0 21

Advertisement

२३ वैशाख, काठमाडौं । बीवाइडी कार आयात गर्ने साइमेक्स इंक प्रालीले गाडीमै आउने ट्राभलर चार्जर झिकेर ग्राहकलाई नै बिक्री गर्ने गरेको पाइएको छ।

यसअघि २० वटा बीवाइडी गाडी आयात गर्दा भन्सार छली गरेर कारबाहीमा परेको कम्पनीले प्रत्येक गाडीमा आउने ट्राभलर चार्जरलाई झिकेर बिक्री गर्ने गरेको पाइएको हो।

कम्पनीले रसुवाको भन्सार कटेपछि सबै गाडिबाट ट्राभलर चार्जर निकालेर एउटै गाडीमा ल्याउने र त्यसलाई ५४ हजारदेखि ६४ हजारसम्म बिक्री गरेको पाइएको हो।

कम्पनीले एट्टो ३ गाडीमा आउने ट्राभलर चार्जरलाई निकाल्ने गरेको साइमेक्सकै उच्च कर्मचारीले नेपाल लाइभलाई बताए। ‘अहिले ग्राहकले हामीलाई कराइरहनुभएको छ, तर सँगै आउने चार्जर नि:शुल्क दिनुपर्नेमा त्यसो भएको छैन,’ ती कर्मचारीले भने।

कम्पनीले त्यस्तो चार्जर कि बिक्री गरिरहेको छ, कि ग्राहकलाई छुट भन्दै बार्गेनिङ गरिरहेको छ। ग्राहकले डिस्काउन्ट माग्दा ६४ हजारको चार्जर फ्रिमा भनेर दिएको ती कर्मचारीले बताए।

‘साइमेक्सले भन्सारलाई समेत गुमराहमा पारेको छ। आउँदा प्रत्येक गाडीसँगै आउने भनेर ल्याउने तर भन्सार कटेपछि चार्जर जम्मा गरेर बिक्री गर्ने गरेको हो। यो भन्सार छली समेत हो,’ ती कर्मचारीले भने।

यसअघि साइमेक्सले बीवाइडीको २० वटा ई सिक्स गाडि आयात गर्दा भन्सार छली गरेको थियो। भन्सार विभागले आयातकर्ता साइमेक्सलाई कारबाही गर्दै जरिवाना र बक्यौता राजश्व असुलउपर गर्ने निर्णय गरेको थियो। त्यो निर्णयको विरुद्ध कम्पनी अदालत गएको छ।

सन् २०१५ मा बनेका २० वटा ई–सिक्स मोडेल कार आयातमा १ करोड ८५ लाख रुपैयाँ न्यून बिजकीकरण ठहर भएको विभागले जनाएको थियो।

साइमेक्सका प्रतिनिधि आशुतोष गौतमले चार्जर बिक्री गरेको कुरा अस्विकार गरे। उनले आफूहरुमाथि कसलै गलत आरोप लगाएको प्रतिक्रिया दिए। ‘हामीले त्यस्तो गरेका छैनौं। यो गलत कुरा हो,’ उनले भने, ‘हामीले पनि चार्जर छुट्टै किनेर नै ल्याउने हो।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.