Advertisement

कोपा डेल रे : रियलसँग बदला लिँदै एथ्लेटिको मड्रिड क्वारफाइनल प्रवेश

0 18

Advertisement

०५ माघ, काठमाडौं । स्पेनिस सुपरकपको सेमिफाइनलमा रियल मड्रिडसँग हारेको बदला लिँदै एथ्लेटिको मड्रिड कोपा डेल रेको क्वारफाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले रियल मड्रिडलाई ४–२ गोल अन्तरले हरायो। खेलको ३९ औं मिनेटमा डायस लिनोको गोलमा एथ्लेटिको मड्रिडले अग्रता बनाएको थियो।

पहिलो हाफको अन्तिम मिनेटमा एथ्लेटिको मड्रिडका गोलरक्षक ओब्लाकले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गरेपछि आत्मघाती गोलमार्फत रियलले खेल बराबरीमा आयो।

दोस्रो हाफको ५७ औं मिनेटमा अल्भारो मोराटाले गोल गरेपछि एथ्लेटिको मड्रिड पुनः २–१ को अग्रता बनायो। तर ८२ औं मिनेटमा रियलका बेलिङ्घमको पासमा होसेलुले गोल गरेपछि खेल पुनः २–२ को बराबरीमा आयो। ९० मिनेटसम्म २–२ को बराबरीमा खेल सकिएपछि थप ३० मिनेटको अतिरिक्त समयमा खेल धकलेलिएको थियो।

उक्त ३० मिनेटमा थप दुई गोल गर्दै एथ्लेटिको मड्रिडले नतिजा आफ्नो पक्षमा पार्‍यो। १००औं मिनेटमा ग्रिजम्यानले गोल गरेपछि एथ्लेटिको मड्रिडले ३–२ को अग्रता बनाएको थियो। ११९औं मिनेटमा मेम्फिस डिपायको पासमा रिक्वल्मीले गोल गरेपछि एथ्लेटिको मड्रिड ४–२ को जित निकाल्दै कोपा डेल रेको क्वारफाइनलमा प्रवेश गर्‍यो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.