Advertisement

नेपाल एयरलाइन्सले सिड्नी विमानस्थलमा पायो स्लट, सातामा दुई उडान भर्ने तयारी

0 12

Advertisement

१० जेठ, काठमाडाैं । नेपाल वायुसेवा निगमले अष्ट्रेलियाको सिड्नीमा उडान गर्ने प्रक्रियालाई अघि बढाएको छ। नेपाल वायुसेवा निगमले अस्ट्रेलियाको सिड्नी विमानस्थलमा स्लट पाएको हो।

सातामा दुई वटा उडानका लागि सिड्नी विमानस्थलले स्लट दिएको हो। विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले जनाएको छ। विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले काठमाडौंबाट सिंगापुरमा ट्रान्जिट गरेर अस्ट्रेलियाको सिड्नी उडान भर्ने जानकारी निगमले दिएको छ।

उडानका लागि निगमले जिएसए छनोटलगायतका प्रक्रिया अगाडि बढेको छ। साथै निगमले अहिले जीएसए छयात्रुलाई खाजा-नास्ताका लागि क्याटरिङ कम्पनी छनोट प्रक्रिया समेत अगाडी बढाएको छ।

सिंगापुर र सिड्नीमा इन्धनका लागि पनि कम्पनी छनोटको काम गरिरहेको छ भने सिंगापुर र सिड्नी विमानस्थलक‍ो लागि एमआरओसमेत छनोट गरिसकेको छ। निगमले वाइडबडीमार्फत अष्ट्रेलियाको सिड्नी उडान गर्ने तयारी गरेको छ।

स्लटको अनुमति आइसकेको नेपाल वायु सेवा निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले नेपाल क्लिक्सलाई बताएका छन्। ‘स्लटका लागि अनुमति आइसकेको छ। लेन्डिङ पाउनेलगायतका अन्य कागजातको काम बाँकी छ। हामी प्रक्रियामा छौं। २१ जुनबाट बुधबार र शनिबार उडान भर्ने भनेर हामीले अनुमति मागेका छौं। सिंगापुरमा टेक्निकल ल्यान्डिङ गरेर सिड्नी उडान भर्ने योजना हामीले गरेका छौं’, उनले भने।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.