Advertisement

छात्रवृत्ति वितरण गरेको विवरण जेठ १६ गते भित्र पठाउन काठमाडौं महानगरपालिकाको निर्देशन

0 12

Advertisement

१० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन निर्देशन दिएको छ।

महानगरको शिक्षा विभागले बुधबार एक सूचना जारी गर्दै जेठ १६ गते भित्र संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरण गरेको विवरण पठाउन निर्देशन दिएको हो।

काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ को दफा ५० को उपदफा (३) बमोजिमको छात्रवृत्ति छनोट समितिबाट निर्णय गराइ छात्रवृत्ति वितरण गर्न सम्बन्धमा महानगरले विद्यालयहरुको ध्यानाकर्षण गराएको छ।

महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५५ बमोजिमको छात्रवृत्तिको सोही नियममा उल्लेख भएका प्रावधानका आधारमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई वितरण गरी नियमावलीको नियम ५९ बमोजिम छात्रवृत्ति पाउने विद्यार्थीको नामावली विद्यालयको वेबसाइटमा प्रकाशन गर्न समेत निर्देशन दिइएको छ।

जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी मिति २०७० साल जेठ १६ गते कार्यालय समयभित्र सोको जानकारी विभागमा अनिवार्य ईमेल गरी जानकारी गराउन पनि भनिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.