Advertisement

सहकारी क्षेत्र समस्यामा पर्दा सरकार बेखबर भयो :सांसद ढकाल

0 24

Advertisement

१० जेठ, काठमाडौं। नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले सरकारको तीन खम्बे अर्थनीतिको रूपमा रहेको सहकारी क्षेत्र समस्यामा पर्दा सरकार बेखबर रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै ढकालले सहकारीबाट ठगिएका जनताहरू सडकमा न्याय खोज्दै हिडदा पनि वेवास्ता गरेर समाजमा आर्थिक अराजकता निम्ताएको बताएका हुन् ।

उनले भने, “ २८ हजार सहकारीमा ७३ लाख सदस्यहरू क्रियाशिल रहेका छन् । २५ प्रतिशत कुल वित्तीय क्षेत्रमा योगदान रहेको सहकारी क्षेत्र अस्तव्यस्त रहेको छ ।

शिव शिखर सहकारीले १ लाख निक्षेपकर्ताको १४ अर्ब, चितवनामा १३ हजार निक्षेपकर्ताको १ अर्ब, पोखरामा ७२ सय निक्षेपकर्ताको ५३ करोड, बाग्लुङमा २१ सय निक्षेपकर्ताको ८ करोड, डोटीमा ११ सय निक्षेपकर्ताकाे ६ करोड निक्षेप हिनाबिना गरि संचालकहरू फरार रहेका छन् । तर सरकार बेखबर रहेको छ ।’’

उनले सरकारको तीन खम्बे अर्थनीतिमा रहेको सहकारी क्षेत्र समस्यामा पर्दा अर्थतन्त्र समस्यामा पर्ने बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.