Advertisement

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ : निधि

0 8

Advertisement

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै निधिले विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रुपमा कुनै पनि बाधा अड्चन नभएको दाबी समेत गरे ।

संघीय संसदले दुईदुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणीकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई पनि निधिले सुझाव दिए ।

‘आजको समाचारपत्रहरुमा सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुको बीचमा नागरिकता विधेयक प्रमाणीकरण गर्ने विषयमा छलफल भएको समाचारहरु सुन्यौं’ उनले भने, ‘यो नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि कानुनी तथा संवैधानिक आधारहरु खोज्नुभएको छ अरे भनेर सुनेको छु । म सभामुखमार्फत सरकारको के ध्यानाकर्षण गराउन चाहन्छु भने यो संसदमा प्रतिपक्षका सांसदहरुले पनि बोल्नुभएको छ । राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रिपरिषद नै हुन्छ । अब त्यो संसदबाट दुईदुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनुहुँदैन । र, त्यहींबाट प्रमाणित नै हुनुपर्दछ ।’

नेता निधिले संघीय संसदले दुई दुई पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नु संविधानसम्मत नै हुने भन्दै त्यसका लागि कुनै परामर्श र छलफल आवश्यक नभएको समेत बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.