Advertisement

चिनियाँ परराष्ट्रमन्त्रीको दाबी– चिनियाँ शैलीको आधुनिकीकरण नै साझा

0 50

Advertisement

२३ फागुन, काठमाडौं । चीनका परराष्ट्रमन्त्री छिन काङले चिनियाँ शैलीको आधुनिकीकरण नै साझा आधुनिकीकरण रहेको दाबी गरेका छन्।

आइतबारदेखि सुरु भएको एक साता लामो चिनियाँ जनकंग्रेसको बैठकका बीचमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेका परराष्ट्रमन्त्री काङले उक्त दाबी गरेका हुन्।

पत्रकारसामु मन्त्री काङले चीनको कूटनीति तथा वैदेशिक सम्बन्धबारे जानकारी दिँदै चिनियाँ शैलीको आधुनिकीकरणको चर्चा गरेका थिए।

‘चिनियाँ शैलीको आधुनिकीकरण सबै जनताको साझा समृद्धि हुने आधुनिकीकरण हो। जसबाट जनता भौतिक रूपमा मात्रै सम्पन्न नभई भावनात्मक रूपमा पनि समृद्ध हुनेछन्। केही देश र थोरै मानिसलाई सेवा गर्नु भनेको आधुनिकीकरण होइन। धनी मान्छे अझै धनी र गरिब अझै गरिब हुनु आधुनिकीकरण होइन,’ मन्त्री काङले भने, ‘भावनाको अभाव र नैतिक कमजोरी हुनु आधुनिकीकरण होइन। विभिन्न देशका जनतालाई समान विकास गर्ने र सुख खोज्ने अधिकार छ।’

जनकंग्रेसको चालु बैठकले प्रधानमन्त्री लगायत महत्त्वपूर्ण मन्त्रीहरुको नियुक्त गर्ने छ। साथै गत अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बाट पार्टी महासचिव तथा राष्ट्रपतिमा सी चिनफिङ तेस्रो कार्यकालमा नियुक्त भएका थिए।

यो कंग्रेसको बैठकले उक्त निर्णयलाई औपचारिकता प्रदान गर्ने छ। करिब ३ हजार सांसद रहेको कंग्रेसले चिनियाँ सरकारका आसन्न नीति तथा यसका बृहत पक्षमाथि छलफल गर्ने छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.