Advertisement

क्लासिक टेक पब्लिक लिमिटेडमा रुपान्तरण हुने अन्तिम तयारीमा

0 56

Advertisement

०६ पुस, काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालि पब्लिक लिमिटेड कम्पनीमा जाने भएको छ ।

त्यसका लागि अन्तिम तयारी गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पब्लिक लिमिटेड जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको छ ।

कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि सर्वसाधारणका लागि सेयर (आईपीओ) जारी गर्ने जनाएको छ । क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी हो । कम्पनीले हाल ७४ जिल्लाका १०६ आउटलेट तथा शाखाबाट इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्दै आएको छ।

कम्पनीले अन्य स्थानहरूमा आफ्नो सेवा विस्तार गर्ने र उचित मूल्यमा उच्च गतिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ। यससँगै कम्पनीले नेपालभर रहेका शाखा कार्यालयमा २ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.