Advertisement

इष्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन

0 82

Advertisement

०२ कार्तिक, काठमाडाैं । इष्टर्न हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको सवा ६ करोड आइपीओमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज २८ गते शुक्रबारदेखि आइपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ७० हजार ३१० कित्ता सेयर जारी गरेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा अवितरित ५० हजार ३१० कित्ता सहित सो संख्यामा सेयर जारी गरिएको हो।

आईपीओमा सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता सामुहिकलगानी कोष तथा २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता कर्मचारीलाई छुट्टाइएको छ ।

कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरिसकेको छ । सर्वसाधारणका लागि दोस्रो चरणमा सेयर जारी गरिएको हो ।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, मेरो सेयर वेवसाइटका साथै नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म सेयर भर्न सकिनेछ ।

केयर रेटिङ्ग नेपालले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा ‘केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थामा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.