Advertisement

महानगरभित्र व्यवसाय सञ्चालनका लागि दर्ता अनिवार्य, दर्ताबिना सञ्चालन गरे कारबाही गरिने

0 44

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकामा दर्ता गरेर मात्रै व्यवसाय सञ्चालन गर्न पाइने भएको छ। काठमाडौं महानगरपालिका राजस्व विभागले एक सूचना जारी गर्दै व्यवसाय दर्ताबारे जानकारी दिएको हो।

महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरू (सङ्घीय सरकार र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरू समेत) ले महानगरपालिकामा व्यवसाय दर्ता नगरी व्यवसाय सञ्चालन गर्दै आएको पाइएको महानगरले जनाएको छ।

यसरी दर्ता नै नगरी व्यवसाय सञ्चालन भएका व्यवसाय सूचना जारी भएको ३० दिनभित्र अर्थात् कार्तिक १ गते देखि ३० दिनभित्र आफ्नो नजिकको वडा कार्यालयमा गई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न महानगरले अनुरोध गरेको छ।

महानगरपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवानासमेत असुल गर्ने चेतावनी दिइएको छ।

साथै महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ७ को बुँदा नं. ३ बमोजिम आर्थिक वर्ष २०७२/०७३ लाई आधार वर्षका रूपमा लिई व्यवसाय कर असुल गरिनेसमेत महानगरले जनाएको छ।

mahanagar suchana1666153917.jpg



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.