Advertisement

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन

0 86

Advertisement

०९ असाेज, बुटवल । भैरहवामा रहेको नेपालको दोस्रो ठूलो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि दुईपटक टेन्डर आह्वान गर्दा पनि एउटै आवेदन परेको छैन। आवेदन नपरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तेस्रो पटक टेन्डर गर्ने तयारी गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले दुई पटकको सूचनामा कुनै पनि कम्पनीले आवेदन नहालेको बताए।

उनले भने, ‘दुई पटक टेन्डर गर्दा कुनै पनि अन्तर्राष्ट्रिय कम्पनीले चासो देखाएनन्। अब हामी छिट्टै अर्को बोलपत्र प्रकाशन गछौं।’ प्राधिकरणले पाँच वर्षका लागि ठेक्का दिने गरी अन्तर्राष्ट्रिय कम्पनी छनोट प्रक्रिया सुरु गरेको थियो। कम्पनीले पाँच वर्षको करिब ५७ करोड बुझाउनुपर्छ। अहिले विमानस्थलको टर्मिनलमा बैंकका आउटलेट मात्रै छन्।

र्मिनल भवन व्यवस्थापनको जिम्मा पाउने कम्पनीले टर्मिनल भवनमा सञ्चालित आउटलेट व्यवस्थापन लिनेछ। प्राधिकरणले यो व्यवस्थापनसँगै सरसफाइ पनि गर्ने गरी जिम्मेवारी दिने भएको छ।

अन्तर्राष्ट्रिय कम्पनीले जिम्मा लिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको व्यवस्थापन तुलनात्मक रुपमा फरक देखिने प्रवक्ता निरौलाले जानकारी दिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.