Advertisement

न्यायाधीशको इजलासबाट प्रश्न–सभामुखमाथि नैतिकताको प्रश्नमात्र हो कि अरु पनि?

0 51

Advertisement

०९ असाेज, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र उपभामुख पुष्पा भुसालविरुद्ध दायर भएको रिटमा सुनुवाइ सकिएको छ। अधिवक्ता अनुपम भट्टराईसहितले दायर गरेको मुद्दामा न्यायाधीश हरि फुयाँलको एकल इजलासमा पेसी रहेको थियो।

शुक्रबार पेसीमा चढेको मुद्दा हेर्न नभ्याउने हुँदै आइतबारका लागि तोकिएको थियो। सभामुख सापकोटा र भुसाल असोज १ गतेदेखि पदमुक्त भइसकेको तर पदमा बसिरहेको भन्दै रिट दायर भएको थियो।

उक्त रिटमा बहसका लागि अधिवक्ता भट्टराईले संविधानको व्यवस्था, निर्वाचन कानुन र प्रतिनिधि सभा नियमावलीको व्यवस्थालाई देखाउँदै सभामुख र उपसभामुख दुवै जना पदमुक्त भइसकेको तर सुविधा भने प्रयोग गरिरहेकाले उनीहरुबाट संविधानको उल्लंघन भएको जिकीर गरे।

बहसका क्रममा उनले संविधानले बन्दसूची निर्वाचन आयोगमा पेस गरेपछि निर्वाचनको प्रक्रिया सुरु भएको मान्ने भएकाले असोज १ गते नै सभामुख र उपसभामुखले पद त्याग गर्नुपर्ने भए पनि उनीहरुले पदमा बसिरहने मनसायले नछोडेको दाबी गरे।

उनीपछि बहसका लागि अधिवक्ता किसोर पौडेल आए। उनलाई न्यायाधीश फुयाँलले सभामुख र उपसभामुखमाथि पद त्याग्य गर्ने कुरा संवैधानिक नैतिकताको कुरा मात्र हो कि अरु पनि कानुन व्यवस्था र अभ्यास छन् भनि प्रश्न गरे। जवाफमा पौडेलले सभामुख संविधानको संरक्षकमध्येको एक भएकाले उनलाई संवैधानिक नैतिकता अरुभन्दा धेरै हुने टिप्पणी गरे।

उनले वामदेव गौतमको मुद्दा संवैधानिक इजलासवाट न्यायाधीश इश्वर खतिवडाले गरेको व्याख्यासमेत पेस गर्दै संविधान पालना गर्ने कि नगर्ने भन्ने मुख्य प्रश्न भएको जिकिर गरे।

सभामुख पनि जनताले नै तिरेको करबाट चल्ने र निर्वाचनको बन्दसूचीमा सभामुख र उपसभामुखको नाम पनि हुनसक्ने भएकाले समानताको सिद्धान्त विपरीत कोही पदमै बसेर निर्वाचनमा भाग लिने र कोही सामान्य नागरिक भएर प्रतिस्पर्धा गर्ने अवस्था सिर्जना भएकाले अन्तरिम आदेश जारी हुनुपर्ने माग गरे।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.