Advertisement

सेयर बजार ७.५७ अंकले घट्यो 

0 172

Advertisement

०३ असार, काठमाडौं । नेप्सेले शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कारोबार हुने गरी समय तय गरेअनुसार आज पहिलो कारोबार भयो ।

दिउँसो १ बजे बन्द भएको सेयर बजार ७.५७ अंकले घटेर १९७१.३६ बिन्दुमा आएर रोकिएको छ । यससँगै अब सेयर कारोबार साताको ६ दिन नै हुने भएको हो । शनिबार बन्द रहने कारोबार आइतबारदेखि बिहीबारसम्म भने अपरान्ह ११ बजेबाट तीन बजेसम्म चल्नेछ ।

शुक्रबार २२० कम्पनीको १५ हजार १६३ वटा कारोबारबाट २३ लाख ५५ हजार १ कित्ता शेयर किनबेच भएको छ । यस दिन ७३ करोड ६३ लाख १२ हजार १५७ रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार म्युचअल फन्डबाहेक सबै उपसमूहको मूल्य घटेको छ । जसमा सबैभन्दा धेरै जलविद्युतका लगानीकर्ताले गुमाएका छन् ।

शुक्रबार आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ५९६.७० रुपैयाँ कायम भएको छ । सीवाईसी नेपाल लघुवित्तको मूल्य ४.०२ प्रतिशतले बढ्यो । लुम्बिनी जनरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्सको मूल्य समेत धेरै बढ्नेमा रह्यो ।

बिहीबारबाटै कारोबारमा आएको रिभर फल्स पावरको मूल्य सबैभन्दा धेरै ५.९३ प्रतिशतले घट्यो । यसको मूल्य २७३ रुपैयाँमा झरेको छ । बुद्धभूमि नेपाल हाइड्रोको मूल्य ४.६४ प्रतिशतले घटेको छ । यस दिन नेपाल टेलिकमको सबैभन्दा धेरै कारोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.