Advertisement

लगानी गर्न विश्व बैङ्क र एसियाली विकास बैङ्कका उपाध्यक्षलाई ऊर्जामन्त्री बस्नेतको आग्रह

0 6

Advertisement

१८ वैशाख, काठमाडाैं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले माथिल्लो अरुण, दूधकोशी र नलगाड जलविद्युत् आयोजनामा लगानी गर्न विश्व बैङ्क र एसियाली विकास बैङ्कका उच्च पदाधिकारीलाई आग्रह गरेका छन् ।

यी तीनवटै आयोजना निर्माणमा जान ठिक्क परेका आयोजना भएकाले नेपाललाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन मन्त्री बस्नेतले आग्रह गरेका हुन् । एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुणमा विश्व बैङ्क, एसियाली विकास बैङ्कलगायतले सहवित्तीयकरणमा लगानी गर्ने तयारी गरेका छन् ।

यस्तै, छ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलविद्युत् आयोजनामा एसियाली विकास बैङ्कले लगानीका लागि प्रतिबद्धतत जनाएको छ । चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनामा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले लगानीका लागि प्रारम्भिक इच्छा व्यक्त गरेको भए पनि प्रक्रिया अगाडि बढेको थिएन ।

विश्व बैङ्क र एसियाली विकास बैङ्कका उपाध्यक्षलगायत अधिकारीलाई मन्त्री बस्नेतले जलवायु परिवर्तनमा नेपालको भूमिका न्यून भए पनि त्यसबाट सबैभन्दा बढी प्रभावित भएकाले सहुलियतपूर्ण ऋण र जलवायु कोषबाट प्राथमिकता पाउनुपर्ने बताए ।

मन्त्री बस्नेतले नेपालको ऊर्जा उत्पादनमा भौगोलिक सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि पनि ती आयोजना आवश्यक रहेको तथ्य पेस गर्दै लगानीका लागि आग्रह गरे । जवाफमा विश्व बैङ्क र एसियाली विकास बैङ्कका उपाध्यक्षलगायत अधिकारीले नेपालको आवश्यकतालाई सम्बोधन गर्ने गरी सहुलियतपूर्ण ऋण, व्यवसायीय ऋण वा अन्य कुनै वित्तीय उपकरणमार्फत आवश्यक सहजीकरण गर्न तयार रहेको बताएका थिए । लगानी सम्मेलनमा सहभागी हुन आएका विश्व बैङ्कका उपाध्यक्ष मार्टिन रेजर र एसियाली विकास बैङ्कका उपाध्यक्ष यिङ मिङ यान लगायत अधिकारीले आज ऊर्जा मन्त्रालयमा ऊर्जामन्त्री बस्नेतसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.