Advertisement

सुनको भाउ स्थिर, मंगलबार कतिमा हुँदैछ कारोबार ?

0 7

Advertisement

१८ वैशाख, काठमाडाैं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुन १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ६६५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३२८ दशमलव १८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २६ डलर ८८ पैसामा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.