Advertisement

त्रिभुवननगरबाट भन्सार छलीको चिनी र पशुचौपायको दूध बढाउने दाना बरामद्

0 334

Advertisement

०३ वैशाख, सर्लाही । सर्लाहीको ब्रम्हपुरी गाउपालिका–४ स्थित त्रिभुवननगर सीमा नाकाबाट नेपाल प्रहरीले ३ सय केजी चिनी र पशुचौपायको दूध बढाउने दाना २ सय केजी बरामद् गरेको छ ।

प्रहरी चौकी त्रिभुवननगरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक मोहनमणी कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा चिनी २५ केजीका दरले १२ बोरा र पशु चौपायको दूध बढाउने दाना ५० केजीका दरले ४ बोरा बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिए ।

त्रिभुवननगरबाट बयलवासतर्फ आउने स्थानीय यात्रु बसबाट चेकजाँचको क्रममा सो सामान बरामद् भएको हो । बरामद् भएको सामान करिब रु २५ हजार बराबरको रहेको प्रहरीले जनाएको छ ।

चामलको बोरामा चिनी प्याक गरी लुकाई छिपाई बयलवासतर्फ लैजाँदै गर्दा प्रहरीले चेकजाँचको क्रममा सो सामान बरामद् गरेको सर्लाही प्रहरीले जनायको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.