Advertisement

किसानलाई अनुदान

0 270

Advertisement

०३ बैशाख, तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले दुग्ध उत्पादक किसानलाई नगद अनुदान वितरण गर्न शुरु गरेको छ । साना दुग्ध व्यवसायी किसानलाई प्रतिलिटर दुई रुपैया ५० पैसा र ठूलालाई बढीमा एकमुष्ट आठ लाख ७५ रुपैयाका दरले अनुदान वितरण गर्न शुरु गरेको हो ।

यस वर्ष ११ दुग्ध सहकारी मार्फत पहिलो चौमासिकमा रकम निकासा गरिएको सो कार्यालयले जनाएको छ । गतवर्ष रु.४५ लाख अनुदान रकम वितरण गरेकोमा यस वर्ष बजेट कटौती भएर आएको कार्यालयका प्रमुख डा.बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाका ११ दुग्ध सहकारी मार्फत अनुदान वितरण कार्य थालेको र असार १५ भित्र निवेदन आएकालाई अनुदान प्रदान गरिने उहाँले बताउनुभयो । दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न उत्पादनको आधारमा अनुदान कार्यक्रम ल्याएको कार्यालयका प्रमुख डा. श्रेष्ठले जानकारी दिनुभयो । किसानलाई प्रोत्साहन गर्न दुधमा प्रतिलिटर अनुदान कार्यक्रम लागु गरेपछि जिल्ला दुधमा आत्मनिर्भर बनेको उहाँले बताउनुभयो ।

जिल्लामा वार्षिक तीन हजार आठ सय मेट्रिक टन दूध उत्पादन हँुदै आएकोले बाह्य जिल्लामा समेत निर्यात हुन थालेको छ । प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर दुध आवश्यक पर्ने भएपनि अहिले प्रतिव्यक्ति ११७ लिटर प्रति व्यक्ति क्षमता पुगेको छ । त्यसैगरी मासु ४६६ मेट्रिक टन, अण्डा दुई करोड ६० लाख वटा,दूध तीन हजार आठ सय मेट्रिक टन वार्षिक उत्पादन हुँदै आएको उहाँले बताउनुभयो । मासुमा जिल्ला आत्मनिर्भर भैसकेको छ भने बाह्य जिल्लामा निर्यातको प्रयास भैरहेको छ । अण्डा पनि बाह्य जिल्लामा निर्यात हुन थालेको कार्यालय प्रमुख डा.श्रेष्ठले जानकारी दिनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.