Advertisement

अब इनड्राइभले पनि राइडरबाट कमिसन लिने, आईएमई पेबाट टपअप गर्नुपर्ने

0 22

Advertisement

२३ बैशाख, काठमाडौं । अब राइड हेलिङ प्लेटफर्म इनड्राइभले पनि राइडरबाट कमिसन लिने भएको छ । आगामी सोमबार आयोजना हुने एक कार्यक्रमबाट कम्पनीले यस्तो व्यवस्था लागु गर्ने अपेक्षा गरिएको हो ।

यसअघि इनड्राइभ आधिकारिक रूपमा नेपालमा दर्ता भइसकेको थिएन । कम्पनीले आधिकारिक रूपमा दर्ता भएर हालै मात्र प्यान नम्बर समेत प्राप्त गरेको छ । त्यसैले राडइरबाट कमिसन लिन सुरु गर्न लागेको बताइएको छ ।

यस अन्तर्गत मङ्गलबार सार्वजनिक भएको इनड्राइभ एपको नयाँ अपडेटमा वालेट र त्यसमा टपअपको अप्सन समावेश गरिएको छ । सुरुवातमा कम्पनीले राइडरलाई केही रकम बोनसको रूपमा वालेटमा रकम ‍उपलब्ध गराएको छ । एक इनड्राइभ राइडरका अनुसार उक्त बोनस रकम प्रत्येक पटकको राइडमा घट्दै गइको छ । रकम सकिएको अवस्थामा भने त्यहाँ तिर्नुपर्ने भनेर रकम ऋणात्मकमा राखिएको हुन्छ ।

“दर्ताका लागि इनड्राइभमा पहिले जे जति रेस्ट्रिक्सन थिए ति सबै हटेका छन्,” टेकपानासँग कुरा गर्दै इनड्राइभका एक प्रतिनिधिले भने, “अब छिट्टै औपचारिक कार्यक्रम गरेर यो विषयमा जानकारी दिंदैछौं ।”

हालसम्म इनड्राइभले अबको दिनमा राइडरबाट कति कमिसन लिन्छ भन्ने जानकारी बाहिर आइसकेको छैन । विशेषगरी कम्पनी दर्ता नभएकाले इनड्राइभले सरकारलाई कर तिरेको थिएन । त्यसैले राइडरलाई निःशुल्क सेवा दिंदै आएको थियो ।

अर्थात् राइडरले सो प्लेटफर्म प्रयोग गरेर जति आम्दानी गर्थे, त्यो सबै राइडरकै हुन्थ्यो । अब भने निश्चित प्रतिशत रकम कमिसनका रूपमा कम्पनीलाई तिर्नुपर्नेछ ।

यसका लागि इनड्राइभले डिजिटल वालेट आईएमई पेलाई आफ्नो टपअप तथा पेमेन्ट पार्टनर बनाएको छ । आईएमई पे वालेटमा इनड्राइभमा टपअप गर्ने अप्सन समावेश भइसकेको देख्न सकिन्छ । त्यस्तै इनड्राइभको राइडर एपमा पनि वालेटको अप्सन छ, जहाँ आईएमई पेबाट मात्र टपअप गर्न सकिने विकल्प देख्न सकिन्छ ।

इनड्राइभ राइडरलाई छुट्टै युनिक कोड पनि दिइएको छ । सो कोडमार्फत कुनै अर्को आईएमई पे प्रयोगकर्ताबाट पनि रकम लोड गर्न सकिन्छ । त्यसबाहेक राइडर आफैंले लोड गर्न चाहे भने सोझै आईएमई पेको अप्सनमा गएर रकम लोड गर्न सक्नेछन् ।

यसका लागि भने आईएमई पेको केवाईसी भेरिफाई गरेको हुनुपर्छ । कम्पनीले ह्वाट्सएप र एप नोटिफिकेसनमार्फत् वालेटमा टपअप गर्न राइडरलाई नोटिफिकेसन पठाएपछि अहिले राइडरले आईएमई पे एप प्रयोग गर्न थालेका छन् । अहिलेसम्म इनड्राइभका कूल राइडरमध्ये २५ प्रतिशतले आईएमई पेको केवाईसी भेरिफाई गरिसकेको कम्पनी स्रोतले जनाएको छ ।

तत्कालै राइडरले आईएमई पे बाहेक अन्य वालेट वा बैंक अकाउन्टबाट इनड्राइभ वालेटमा रकम टपअप गर्न भने सक्ने छैनन् । पछि गएर अन्य वालेट समावेश हुन्छन् वा हुँदैनन् र एक्सक्लुसिभ रूपमा आईएमई पे मात्र रहन्छ भन्ने विषयमा कम्पनीले केही जानकारी दिएको छैन ।

रकम सकिंदा वा क्रेडिटमा जाँदा राइडरलाई रिक्वेस्ट प्राप्त नहुने किसिमले इनड्राइभको सिस्टम विकास गरिएको बताइएको छ । यद्यपि यस विषयमा कम्पनीले भने आधिकारिक जानकारी बाहिर ल्याइसकेको छैन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.