Advertisement

फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् सौन्दर्यविद सुष्मा महरालाई “उत्कृष्ट व्यवसायी सम्मान” प्रदान

0 574

Advertisement

०३ बैशाख, काठमाडौं । चन्द्रलोक प्रतिष्ठानले काठमाडौंको सुन्धारास्थित काठमाण्डू मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् सौन्दर्यविद सुष्मा महरालाई “उत्कृष्ट व्यवसायी सम्मान” प्रदान गरेको छ ।

नयाँ वर्ष २०७९ साल प्रवेशको पावन अवसरमा संस्थाले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा समसामयिक विषयमा भएको अन्तरक्रिया कार्यक्रममा महरालाई उक्त सम्मान प्रदान गरिएको हो । सेवामुलक व्यावसायिक क्षेत्रबाट महरालाई सम्मान गरिएको चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले जानकारी दिए । फेसियल हाउस नेपालको नम्बर एक ब्युटी शैलुन भएको दाबी गरिएको छ ।

सामाजिक सेवामा क्रियाशील रहेर लगनशील, कर्तव्यनिष्ठ, विभिन्न क्षेत्र, वर्ग र समुदायका व्यक्तिहरूको सहभागितामा स्थापना भएको मुनाफारहित सामाजिक संस्था चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको उक्त राष्ट्रियस्तरको कार्यक्रममा उच्च सरकारी अधिकारीहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित व्यक्तित्वहरू र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । संस्थाले नागरिकको चाहना र आकांक्षा अनुसार अन्तरक्रिया, समाजमा देखिएका विकृति र विसंगतीका विरुद्धमा विभिन्न र जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.