Advertisement

महिला भलिबल खेलाडीलाई पोशाक वितरण

0 361

Advertisement

२२ फागुन, दमक । स्व मुगाधन कृष्ण कुमारी राई स्मृति प्रतिष्ठानले आज प्रदेश नं १ का महिला भलिबल खेलाडीलाई खेल पोशाक वितरण गरेको छ ।

प्रजातन्त्रका सेनानी स्वर्गीय राईको १६आँै स्मृति दिवसको अवसर पारेर सो सामग्री वितरण गरिएको प्रतिष्ठानकी अध्यक्ष समेत रहनुभएकी प्रतिनिधिसभा सदस्य महेन्द्रकुमारी लिम्बूले बताउनुभयो ।

ती पोशाक प्रतिष्ठानका सदस्यसमेत रहेका बेलायत बस्दै आउनुभएका बक्सिङ खेलाडी रवीन राईले प्रायोजन गर्नुभएको थियो । पोशाक हस्तान्तरणमा स्व राईका परिवारका तर्फबाट बुहारी सवनम राई, छोरा रञ्जन राई, नाति विजय सुब्बालगायत खेलप्रेमीको उपस्थिति रहेको थियो ।

राईद्वारा जन्मदिनमा असहाय तथा विपन्नलाई सहयोग

नेपाली कांग्रेस १ नं प्रदेश सदस्य तथा झापा, कमल–५ मङुगलबारे निवासी हुकुमसिंह राईले आफनो जन्मोत्सवको अवसर पारेर असहाय ,विपन्न समुदायलाई रु एक लाख बराबरको सहयोग उपलव्ध गराउनुभएको छ ।

जन्मदिनलाई सेवासँग जोडिएर वर्सेनि परोपकारी कार्य गरिआएका राईले आज कमल–७ को सिद्धश्वर गुरुकुल शिक्षा मन्दिरका बटुकलाई चप्पलसहित खाद्यान्न र सोही वडाको पाथीभरा टोल निवासी मिर्गौला रोगी ५० वर्षीय मनोज लकान्द्रीलाई रु १५ हजार आर्थिक सहयोग गर्नुभएको छ ।

यसैगरि उहाँले कमल–४ को जोगीचौनमा बस्दैआएका त्यहाँका २६ विपन्न परिवारलाई चामल एक बोरा, दाल, तेल, नून उपलब्ध गराउनुभयो । सहायता सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै समाजसेवी राईले जन्मदिनलाई स्वेच्छिक रुपमा यसरी नै सेवा पु¥याउँदै आएको बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.