Advertisement

नेपालले टी-२० विश्वकप वार्मअपमा आज क्यानडासँग खेल्दै

0 9

Advertisement

१४ जेठ, काठमाडौं । नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा क्यानडासँग खेल्दैछ । खेल राति सवा ९ बजे अमेरिकाको डलासमा हुँदैछ ।

यसअघि नेपालले वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी-२० अभ्यास खेल खेलेको थियो ।

नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले भने क्यानडासँगको वार्मअप पनि नखेल्ने भएका छन् । विनवार्ड्सविरुद्धको तेस्रो अभ्यास खेलअघि उनको खुट्टा मर्केको थियो ।

उनले ह्युस्टन हरिकेन्ससँगका दुई खेल पनि गुमाएका थिए । तर, दीपेन्द्रले मैदानमा आउँदै टोलीसँग अभ्यास भने गर्दै आएका छन् ।

क्यानडासँगको खेलपछि नेपालले ३० मेमा अमेरिकासँग आईसीसीको वार्मअप खेल खेल्नेछ । क्यानडा र अमेरिकासँग वार्मअप खेलपछि नेपालको सम्पूर्ण तयारी सकिनेछ ।

विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । नेपालले डालासमै नेदरल्याड्ससँग ४ जुनमा खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स श्रीलंका र बंगलादेश छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.