Advertisement

सुनचाँदीको मूल्यमा आइतबार गिरावट, सुन तोलामा ४०० रुपैयाँले घट्यो

0 175

Advertisement

१६ माघ, काठमाडाैँ । सुनचाँदीको मूल्य आइतबार नेपाली बजारमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ४०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ तोकिएको छ । भने आइतबार चाँदीको मूल्य तोलाको १ हजार २५० रुपैयाँ कायम गरिएको छ ।

गत शुक्रबार छापावाला सुन तोलाको ९२ हजार ६०० रुपैयाँ, तेजावी सुन ९२ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ७९२ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.४७डलर आसपासमा कारोबार भइरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.